टेस्ट श्रृङ्खला : दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानले बनायो ३७८ रन

काठमाडौँ : कराँचीमा जारी पहिलो टेस्टको तेस्रो दिनको खेलमा घरेलु टिम पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध तीन सय ७८ रन बनाएको छ । अघिल्लो दिन आठ विकेट गुमाएर तीन सय आठ रन बनाएको पाकिस्तानले बिहीबार दुई विकेट गुमाउँदै ७० रन थप गर्यो ।
यसअघि दक्षिण अफ्रिकाले पहिलो इनिङमा दुई सय २० रन बनाएको थियो । पाहुना टोलीका लागि कागिसो राबाडाले ७० रन खर्चेर तीन विकेट लिए । उनले टेस्ट करियरको दुई सयौं विकेट लिँदा घरेलु टिमका हसन अली २१ रनमा पभेलियन फर्के ।
बुधबार, फवाद अलामले शतक प्रहार गर्दा पाकिस्तानले इनिङ उकासियो । घरेलु मैदानमा भएको टेस्टमा पहिलो पटक शतक दर्ता गरेको आलमले दुई सय ४५ बलको सामना गर्दा एक सय नौ रन बनाएका थिए । दक्षिण अफ्रिकाले दोस्रो इनिङको सुरुवात गर्दा ऐडेन मार्कराम र डिन एलगर क्रिजमा छन् । मार्करामले १६ रन बनाएका छन् भने एलगर १८ रनमा ब्याटिङ गरिरहेका छन् ।
दुई टेस्ट खेलिने यस श्रृङ्खलाका लागि दक्षिण अफ्रिका १४ पर्षपछि पाकिस्तानको भ्रमणमा आएको हो । पहिलो टेस्ट कराँचीमा भइरहँदा दोस्रो टेस्ट फेब्रुअरी चारबाट रावलपिन्डीमा हुनेछ । पाकिस्तानले पछिल्ला सात टेस्टमध्ये एकमा मात्रै जित दर्ता गरेको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया