टेस्ट क्रिकेटमा राबाडाको २०० औँ विकेट

काठमाडौँ : दक्षिण अफ्रिकाका तीब्र बलर कागिसो राबाडाले टेस्ट करियरको २०० औँ विकट लिएका छन् । कराँचीमा जारी घरेलु टिम पाकिस्तानविरुद्धको पहिलो टेस्टमा रबाडाले हसन अलीलाई आउट गर्दा २०० औँ विकेट पुरा गरे ।
२५ वर्षीय रबाडाले यस्तो उपलब्धि ४४ औँ खेलमा प्राप्त गरेका हुन् । सन् २०१५ मा टेस्ट त्रिकेटमा डेब्यु गरेका राबाडा दक्षिण अफ्रिकाबाट २०० औँ विकेट लिने आठौँ खेलाडी हुन् ।
दक्षिण अफ्रिकाबाट डेल स्टेयन (४३९), शन पोलक (४२१), मखाया एनटिनी (३९०), एलन डोनाल्ड (३३०), मोर्ने मोर्केल (३०९), ज्याक कालिस (२९१) र भेरनोन फिलान्डर (२२४) ले टेस्ट त्रिकेटमा राबाडाले भन्दा धेरै विकेट लिएका छन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया