धनुषामा एक मदिरा उद्योगीको हत्या, चारजना पक्राउ

जनकपुरधाम : धनुषामा एक मदिरा उद्योगीको हत्या भएको छ । प्रहरीकाअनुसार क्षिरेश्वरनाथ नगरपालिका–७ महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्ट्रिलरी इन्डस्ट्रिजका सञ्चालक त्रियुगा नगरपालिका–७ चुओर निवासी ५१ वर्षीय प्रमोद रेग्मीको हत्या भएको हो ।
बुधबार बिहान आफ्नो घरबाट उद्योग आएका रेग्मीको शव रक्ताम्य अवस्थामा बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार टाउकोमा गहिरो चोट लागेको र शरीरबाट अत्यधिक रगत बगेको अवस्थामा रेग्मीको शव फेला परेको छ ।
रेग्मीका आफन्त विनोद पाण्डेकाअनुसार हिजो साँझ उद्योगमै मदिरा सेवन गरेपछि राति करीब १० बजे छोराछोरीसँग फोनमा कुराकानीसमेत गरेका थिए । बिहान उनी मृत अवस्थामा फेला परेका हुन् ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार रेग्मीको टाउकोमा घाउ देखिएको छ । ईप्रका प्रमुख दिपक रायले शवको प्रकृति हेर्दा हत्या भएको देखिए पनि घटना शंकास्पद रहेको बताए । प्रहरीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको छ । घटना बारे अनुसन्धानका क्रममा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
रेग्मीसहित चारजना मिलेर महेन्द्रनगरमा डिष्ट्रिलरी सञ्चालन गरेका छन् । उनी डिष्टिलरीका निर्देशकको रुपमा काम गर्दै आएका थिए ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया