सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छैठौं विशेष साधारण सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडललाई प्राप्ति (एक्वीजिसन) गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीले प्रस्ताव गरेका थिए ।
साधारण सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरूको अनुमोदन गरेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता सेयर (१ः०.९६) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष भण्डारीको अध्यक्षतामा बैंकको केन्द्रिय कार्यालय भवनमा सम्पन्न भएको छ । कोभिड-१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लाटफर्म जुम मार्फत बैंकको छैठौं विशेष साधारण सभा सञ्चालन गरेको हो ।
यसै बीच, नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको वार्षिक साधारण सभाले समेत तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दु
वै बैंकको विशेष/वार्षिक साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो । एक महिना भित्रमा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष भण्डारीले जानकारी दिए ।
सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२६ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०४ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्तिपछि बैंकको कुल १६३ शाखा हुनेछ । । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।

भैरहवा विमानस्थल फेरि बन्यो सुनसान

अब आरपिएसमार्फत हुने ५०० रुपैयाँसम्मको फण्ड ट्रान्सफरमा कारोबार शुल्क नलाग्ने

नेप्से परिसूचक २३ अङ्कले बढ्यो

ठमेलमा खुल्दै ओएसिस क्लब, शुक्रबार ग्राण्ड ओपनिङ

बजारबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

घट्यो सुनको भाउ

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया