उद्योपति चौधरीको ‘काँग्रेसमा गरी खाने अभियान’ सुरु

वीरजञ्ज : उद्योपति विनोद चौधरीले नेपालमा लगानीको वातावरण र रोजगारीको सृजना गर्नुपने बताएका छन् । चौधरीले देशभित्र रहेको लगानी, आपुर्ती र उत्पादनबीचको खाडललाई पुर्ती गर्न गरी खाने अभियान सुरु गरिएको बताए ।
लगानीको वातावरण बनाएर रोजगारीको सृजना नगरेमा भोलि अझ कठिन हुन सक्ने र देश सामाजिक द्वन्द्वको बाटोमा जाने बताए । कांग्रेसको लगानी रहेको पूर्वाधार र रोजगार विशेष समितिले वीरगन्जमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक चौधरीले बेरोजगारी र सप्लाई चेनको अवस्थालाई बदल्न अभियान थालिएको बताए ।
युवा जमातलाई कसरी अभिप्रेरित गरेर अगाडी बढाउने भन्ने उद्देश्यले अभियान थालिएको उनको भनाइ छ । युवाहरूको सकारात्मक सोचलाई व्यवस्थित प्रणालीबाट अगाडी बढाउन आवश्यक रहेकाले एउटा प्लेटफर्म तयार गर्ने उद्देश्यसहित गरिखाने अभियान सुरु गरेको जानकारी चौधरीले दिए ।
कोरोना भाइरस (कोभिड-१९) महामारीले अहिले आपूर्ति श्रृंखला तोडिएको अवस्थामा अब देशमै आफैले केही उत्पादन गर्नुपर्छ भन्ने पाठ सिकाएकोले पनि गरिखाने अभियानले यसको लागि सात वटै प्रदेशमा संरचना निर्माण गर्ने उनले बताए ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया