बिहीबार २८ हजारले लगाए कोभिड-१९ विरुद्धको खोप

काठमाडौँ : कोभिड-१९ खोप अभियानको दोस्रो दिन बिहीबार देशभर २८ हजारभन्दा बढीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती जारी २८ हजार ७ सय ३२ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको जानकारी दिएको छ ।
जसमध्ये प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, वाग्मती प्रदेश मा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८ सय ५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप प्राप्त गरेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म खोप लगाएका व्यक्तिहरूमा कुनै पनि स्वास्थ्य समस्या नरहेको बताएका छन् । कोभिड-१९ खोप अभियानको पहिलो दिन बुधबार ९ हजार ८४ जनाले खोप लगाएका थिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया