इन्फ्रास्ट्रक्चरको आइपीओ बाँडफाँट हुँदै : ५० कित्तासम्म सबैले पाउने

काठमाडौँ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) आज बाँडफाँट हुँदैछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आइपीओ बाँडफाँट शुक्रबार विहान १० बजे हुनेछ ।
५० कित्तासम्म आवेदन भर्ने सबैले पाउने भएका छन् । कम्पनीले बुधबार गरेको आईपीओको प्रि-अलोटमेन्टमा १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य रहेको उल्लेख छ ।
कुल आवेदकमध्ये ६ हजार २ सय ७६ जनाको आवेदन भने रितपूर्वक नभएको भन्दै रद्द भएको छ । १० देखि ५० कित्तासम्म आईपीओ माग गर्नेले माग बमोजिमनै सेयर पाउने जानकारी दिएको छ । यसरी बाँडफाँट गरेर बाँकी रहेको सेयर भने ६० कित्ताभन्दा बढी माग गर्ने आवेदकहरूमा गोलाप्रथाद्वारा बाँडफाँट गरिनेछ ।
कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो । कम्पनीले ८ अर्ब रुपैयाँबराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

प्रतिक्रिया