के तपाईं कलाकार ट्रम्पलाई चिन्नुहुन्छ ?

काठमाडाैं : अमेरिकाको राष्ट्रपति चुनिनु अघि डोनाल्ड ट्रम्पलाई विश्वले प्रतिष्ठित व्यापारीका रुपमा चिनेको थियो । विश्वका कुनै ठूला सहर छैनन् जहाँ ट्रम्पको व्यापार नफैलिएको होस् । युरोपसँगै छिमेकी देश भारतका नयाँ दिल्ली, मुम्बई, कलकत्ता जस्ता सहरमा ट्रम्पले आफ्नो नाममा ठूलठूला व्यापारिक मल सञ्चालन गर्ने गरेका छन् ।
अमेरिकाको राष्ट्रपति भइसकेपछि त दुनियाँले नचिनी धर पाउने कुरै भएन । देश र राजनीतिमा थोरै पनि चासो राख्नेबीच ट्रम्प परिचित छन् । अनौठो भावभंगीमा र गम्भीर कुरामा पनि ठट्टा गर्ने शैलीका कारण विश्वमा उनका फ्यान र आलोचक दुवै छन् । तर, व्यापार र राजनीतिबाहेक ट्रम्पको रुचिको अर्को क्षेत्र पनि छ जुन धेरैलाई थाहा छैन ।
कुनै समय बग्रेल्ती सौन्दर्य प्रतियोगिता आयोजना गरिहिँड्ने ट्रम्प खासमा कलाकार पनि हुन् । राजनीतिमा आउनुअघि उनले दर्जन हाराहारी सिरिज, फिल्म र रियालिटी सोमा आफ्नो अभिनय कला देखाएका छन् । अभिनयमा उनको यस्तो मोह थियो कि कोही उनको घर वा बिल्डिङमा सुटिङका लागि अनुमति लिन आयो भने आफूले पनि अभिनय गर्न पाउनु पर्ने सर्त राख्थे रे ।
पर्दामा बाक्लै देखिन रुचाउने अभिनेता ट्रम्प के दोस्रो पटक पनि शक्तिशाली देशको सर्वोच्च नेता चुनिएलान् ?
अभिनेता म्याट डेमनले हलिउड रिपोर्टरसँग कुरा गर्दै ट्रम्पको यही बानीको चर्चाका गरेका थिए । ‘उनको ठाउँमा सुटिङ गर्ने हो भने उनलाई पनि
खेलाउनैपर्ने सर्त हुन्थ्यो । त्यसमा पनि उनलाई फिल्ममा नामैले बोलाउनुपर्ने । तर, धेरै निर्देशक ट्रम्पको सर्त मानेर खिच्थे तर धेरैजसो समय उनी भएको दृश्य एडिटिङ टेबलमै गायब हुन्थ्यो । कसै कसैले मात्र दया गरेर उनको दृश्य राखिदिएका हुन्,’ डेमनले भनेका थिए ।
ट्रम्पले सबैभन्दा पहिला खेलेको फिल्म थियो, ‘गोस्ट कान्ट डु इट’ । फिल्ममा ट्रम्प आफ्नै भूमिकामा थिए जहाँ उनले फिल्मकी नायिका बो डेरेकलाई जिस्काउने काम गर्छन् । तर, दुर्भाग्य पहिलो फिल्ममै उनले झुर एक्टरले पाउने राज्जी अवार्ड पाएका थिए । ट्रम्पले दोस्रो पटक अभिनय गरेको फिल्म थियो, ‘होम अलोन २’ । यो फिल्ममा पनि ट्रम्प सेकेन्डभर पर्दामा देखिन्छन् जहाँ उनले फिल्मका मुख्य कलाकार म्याकुले कुलकिनलाई लबीमा बाटो देखाउँछन् । ट्रम्प देखिएको अर्को फिल्म ‘दि लिटिल रास्कल’ थियो । यहाँ पनि ट्रम्प बच्चाको बाबुको भूमिकामा केही सेकेन्ड पर्दामा देखिन्छन् ।
यसैगरी ट्रम्पले ‘एक्रोस दि सि अफ टाइम’, ‘इडी’, ‘५४’, ‘सेलिब्रेटी’ आदि फिल्ममा पनि छोटोछोटो भूमिका निर्वाह गरेका छन् । ट्रम्प अन्तिम चोटि देखिएको फिल्म ‘मार्मालाडे’ सन् २००४ मा रिलिज भएको थियो । यसअघि सन् २००१ मा रिलिज भएको ‘जुल्यान्डर’ र यसको एक वर्षपछि रिलिज भएको ‘टु विक्स नोटिस’मा पनि ट्रम्पले ‘केमियो’ गरेका थिए । फिल्मबाहेक ट्रम्प टेलिभिजन सोमा पनि बाक्लै देखिएका छन् जसमा ‘दि न्यानी’, ‘सडेन्ली सुसान’, ‘दि ड्रिउ क्यारी सो’, ‘नाइटमेन’ र ‘स्पिन सिटी’, ‘सेक्स एन्ड दि सिटी’ आदि मुख्य छन् ।
ट्रम्प यतिबेला दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्नै दौडमा छन् । तर, अवस्था यस्तो छ कि हलिउडका अधिकांश कलाकार उनको हारको कामना गरिरहेका छन् । -यापर कान्यु वेस्ट त ट्रम्पविरुद्ध उम्मेदवारी दिएर उनलाई हराउन लागिपरेका छन् । त्यसबाहेक टेलर स्विफ्ट, म्याट डेमन, ड्वाने जोन्सन, जिम्मी किमेल आदि सेलिब्रेटी पनि ट्रम्पविरुद्ध लबिङ गरिरहेका छन् । एजेन्सीहरूकाे सहयाेगमा

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_w8VG2XA4lP_eiwohimcc1zx2km1hy3yntxuhwomxgwmq5k3uh6k9eioqvtsw4clzhoqq8vm.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रतिक्रिया