‘प्रेमगीत ३’ नआउने संकेत पछि नयाँ वर्षमा पुग्यो ‘लप्पन छप्पन २’

काठमाडौं : ‘प्रेम गीत ३’ नयाँ वर्षमा आउन सक्ने अनुमान सहित ‘लप्पन छप्पन २’ले फागुन २७ देखि प्रदर्शनमा आउने घोषणा गरेको थियो । निर्माताले हल सञ्चालकले पुस १० गते जबर्जस्ती हल खुल्ला गरेसँगै शिवरात्रीको अवसर पारेर फिल्म प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, ‘प्रेम गीत ३’ले रिलिज गर्ने सुरसार नगरेपछि ‘लप्पन छप्पन २’ले सो मितिमा आफू आउने जानकारी गराएको छ ।
निर्देशक मुकुन्द भट्टले फिल्म सरेको समाचारको लिंक सेयर गर्दै नयाँ मितिमा आउने खबरको पुष्टि गरेका हुन् । भट्टले अहिले फिल्म रिलिज गर्दा ५० प्रतिशतमा अकुपेन्सीमा रिलिज गर्नु पर्ने भएकाले पनि एक महिना पछि सर्ने निर्णय गरेको बताएका छन् । उनले फिल्मको प्राविधिक काम पनि बाँकी रहेकाले समय लिएको प्रतिक्रिया दिएका छन् ।
एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको सिनेमाको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ ।
यता ‘प्रेमगीत ३’ले भने रिलिजको सुरसार देखाएको छैन । निर्माता निर्देशक सन्तोष सेनले ‘कमिङ सुन’ भन्दै फिल्मका सामाग्री पोस्ट्याउने गरे पनि प्रदर्शन मितिको टुंगो लगाएका छ्रैनन् । उनले फिल्मको प्राविधिक काम मुम्बई गराइरहेको चर्चा छ । यो फिल्म अघिल्लो सालको नयाँ वर्षमा रिलिज हुनेवाला थियो ।

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रकृतिमा परेको प्रभाव देखाउने कला प्रदर्शनी

नेटफ्लिक्समा आउँदैछ विश्वमा तहल्का मच्चाउने वेभ सिरिज

कलाकार गुरूङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_JrLh5DMFMp_zq5wvizcjs3estmecnwf983bxwmruiall31pws6mj6fifw3kyer62jfm2lht.jpg)
प्रतिक्रिया