गड्डाचौकी नाकाबाट फर्काइए भारत जान हिँडेका नेपाली

धनगढी : भारत जान लागेका नेपाली नागरिकलाई पश्चिमी सिमाना गड्डाचौकीबाट फर्काइएको छ । मन्त्रिपरिषद्को निर्णयले भारतसँग जोडिएका सीमा नाका खुला गरेको सूचना पाएर शुक्रबार अपरान्ह भारत जानका लागि गड्डाचौकी पुगेका नेपालीलाई सशस्त्र प्रहरीले सीमा नाकाबाटै फिर्ता पठाएको हो ।
उता भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले समेत मेडिकल टिम फर्किसकेको भन्दै नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाएको छ । कैलालीका ईन्द्र भुलले नाका खुलेको सूचना पाएर भारत जानका लागि गड्डाचौकी पुगेको तर नाकाबाट फिर्ता पठाइएको बताए ।
यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आन्तरिक तयारीका कारण शुक्रबारबाटै नाका खोल्न नसकिएको बताए । उनले आइतबारदेखि नाकामा आवागमन सहज हुने बताए । सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो । शुक्रबारदेखि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गर्ने निर्णय भएको थियो ।

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

प्रतिक्रिया