एक महिना पर सर्यो नेकपा केन्द्रीय समिति

काठमाडौं : सत्तारुढ दल नेकपाको आगामी १५ देखि १७ गतेसम्म बोलाइएको केन्द्रीय कार्यसमिति बैठक एक महिना पर सारिएको छ । नेकपा केन्द्रीय कार्यालयले बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्ने गरी सारिएको जानकारी दिएको छ ।
कोभिड-१९ को महामारीका कारण बैठक सार्नु परेको केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रियसभा बैठक : ‘बजेटले निजी क्षेत्रलाई प्रोत्साहन गरेको छ’

राष्ट्रियसभामा बजेटमाथि छलफल सुरु

मन्त्रिपरिषदको निर्णय सार्वजनिक

अझै बस्न सकेन प्रतिनिधिसभा बैठक

समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि हो : प्रचण्ड

जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु …
संघीय संसदका दुवै सदनको बैठक बस्दै

प्रतिक्रिया