प्रधानमन्त्री कप उपाधिका लागि आर्मी र एपीएफ भिड्दै, पुरस्कार १० लाख
काठमाडौँ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज एपीएफ र आर्मी खेल्दैछन् । त्रिभुवन विश्वविद्यालयको टियु क्रिकेट मैदानमा हुने फाइनलमा १० लाख पुरस्कारको उपाधिका लागि आर्मी र एपीएफ खेल्न लागेका हुन् ।
चौंथो संस्करणको फाइनलमा पुगेका दुवै टिमले उपाधि आफूले जित्ने दाबी गरेका छन् । शुक्रबार भएको पत्रकार सम्मेलनमा एपीएफका कप्तान शरद भेषावाकर र आर्मीका कप्तान विनोद भण्डारी दुवैले उपाधि जित्ने लक्ष्य पूरा गर्ने बताए ।
एपीएफ खेल अवधिभर अपराजित टिम हो । आर्मी भने एपीएफसँगै ६ रनले पराजित भएको थियो । पहिलो सेमीफाइनलमा एपीएफले पुलिसलाई ३० रनले हराएको थियो । आर्मीले भने सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले हराउँदै एपीएफसँगको उपाधि भेट पक्का गरेको थियो ।
लगातार फाइनल खेलेको आर्मीले उपाधि जितेको छैन् । यसपटक पनि उसका महत्वपूर्ण खेलाडी टिममा नरहेकाले उपाधि जित्न गाह्रो छ । सोमपाल कामी, करण केसी र कुशल मल्ल टी-१० लिग खेल्न युएई पुगेका छन् । महत्वपूर्ण खेलाडी फाइनलमा नभएपछि आर्मीलाई यसपटक पनि एपीएफविरुद्ध जित निकाल्न गाह्रो देखिएको कप्तान भण्डारीले स्वीकार गरेका छन् ।
फाइनल जित्ने टोलीले १० लाख पुरस्कार पाउनेछ । यस्तै उपविजेताले ५ लाख पुरस्कार पाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडीले ५० हजार र उत्कृष्ट बलर तथा व्याट्सम्यानले २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया