महिला लिग : चौदण्डीगढीको लगातार चौँथो हार

काठमाडौँ : राष्ट्रिय महिला फुटबल लिगमा शनिबार बिराटनगर महानगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई ६-० ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा बिराटनगरलाई जित दिलाउन अनु राईले दुई गोल गरिन भने मनिसा थापा मगर, कुसुम खतिवडा र पार्वती घलेले एक-एक गोल गरे ।
लिगमा बिराटनगरको यो दोस्रो जित हो भने चौदण्डीगढीको लगातार चौँथौँ हार हो । जितपछि बिराटनगर लिगमा सात अंक बनाउँदै तेस्रो स्थानमा उक्लेको छ । चौदण्डीगढी भने अंक बिहिन रहँदै लिगको पुच्छारमा छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया