मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

प्रधानमन्त्रीको सिटीहल शिलान्यास गर्ने कार्यक्रम भरतपुरकी मेयर दाहालद्वारा बहिस्कार

तस्बिर : रासस

काठमाडौँ : चितवनको भरतपुर महानगरपालिका-१० स्थित बाइपास सडक नजिक निर्माण भएको सिटीहलको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यास गरेका छन् । आफ्नै महानगरमा बनेको सिटीहल शिलान्यास गर्ने प्रधानमन्त्रीको कार्यक्रम मेयर रेणु दाहालले बहिस्कार गरेकी छन् । मेयर दाहालले महानगरसँग समन्वय नगरी हलको शिलान्यास गरिएकाले आफू उपस्थित नभएको बताएकी छन् । 

शिलान्यास कार्यक्रममा संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, शहरी विकासमन्त्री प्रभु साह र वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहभागी थिए । 

सिटीहलमा अडिटोरियम ब्लकमा दुई हजार मान्छे अट्ने सुविधासम्पन्‍न सभाहल हुनेछ । सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाममा ल्याएको थियो । जग्गामा सिटीहल निर्माण थालिएको र त्यसको व्यवस्थापन निर्माणपछि भरतपुर महानगरले गर्ने भएपनि शिलान्यास कार्यक्रम मेयर दाहालले बहिस्कार गरेकी हुन् ।  

शहरी विकास मन्त्रालयले आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले ताम्रपत्र अनावरणसमेत गरेका थिए । 

सिटीहल निर्माणका लागि संघीय सरकारअन्तर्गतको शहरी विकास डिभिजन कार्यालय चितवन र इन्डो सगुन रौताहा जेभी रुपन्देहीबीच सम्झौता भएको छ । चार बिघा चार कट्ठा जग्गामा सिटीहल निर्माण गर्न लागिएको हो ।

शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार ३०० क्षमताको कन्फरेन्स हल, विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष, दुईवटा भर्‍याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष हलमा रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उनले जानकारी दिए ।

सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्यान्ड, बगैँचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ ।
 
 

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य १५ निर्णय

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे