प्रदेश १ मा धानको उत्पादन बढ्ने

विराटनर : दसैंसँगै तराईका अधिकांस क्षेत्रमा धान काट्ने चटारो छ । कोरोना छल्दै लगाएको धान खेतहरूमा पहेंलपुर भएपछि किसानहरु दंग छन् ।
प्रदेश १ का कारोनाको कहरका वावजुद गत सालको तुलनामा यसबर्ष धानको उत्पादन नघट्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ ले जनाएको छ । ‘गत सालको तुलनमा प्रदेश १ मा २० हजार हेक्टर वढि क्षेत्रफलमा धान खेती लागेको छ,’ मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले भने, ‘अहिले धानको उत्पादन हेर्दा गत बर्षको तुलनामा वढि हुन्छ भन्ने हाम्रो अनुमान छ ।’
यो बर्ष राम्रोसँग पानी परेका कारण सिँचाइ नलाग्ने क्षेत्रहरुमा पनि राम्रो धान फलेको छ । कोरोनाका कारण त्रासमा रहेका किसानहरुलाई मल बिउ मात्र हैन कामदार पाउनपनि मुस्कील थियो । ‘चैत्र महिनामा लकडाउन सुरु हुदाको त्रासलाई हेर्दा किसानले अन्न उत्पादन गर्न सक्ने अवस्था आउला जस्तो थिएन्,’ प्रवक्ता उप्रतीले भने, ‘तर मुख्य बाली लगाउने समय सम्म सबै किसानले हिम्मत गरेर बाली लगाए आज धान मात्र हैन् अन्य अन्नवालीको उत्पादनमा पनि त्यस्तो ह्रास आएको छैन ।’
प्रदेश १ का झापा, मोरङ र सुनसरी अन्न भण्डार हुन । प्रदेश १ को ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती गर्न योग्य जमिन छ । यो वर्ष करीव ३ लाख ५० हजार हेक्टरमा धान खेती गरिएको छ । गत वर्ष करीव १२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ताप्लेजङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती योग्य जमीन छ । यसै गरी संखुवासाभामा १३ हजार सय ५१ हेक्टर, ओखलढुङ्गामा ४ हजार ४ सय ३ हेक्टर, धनकुटामा ७ हजार ९ सय ५० हेक्टर, तेह्रथुममा १० हजार १ सय ७५ हेक्टर, खोटाङमा १२ हजार ८ सय, भोजपुरमा १ हजार ८ सय २ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
यता अन्नभण्डार भनेर चिनीने झापामा ८७ हजार ५ सय हेक्टर, मोरङमा ८३ हजार ३ सय हेक्टर र सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । सिचाँइको सुविधा नपुगेको क्षेत्रमा कृषकले आकाशे पानी र बोरिंग पानीको भरमा खेती गरिन्छ । प्रदेश १ अन्न उत्पादनमा सबैभन्दा अब्बल प्रदेशका रुपमा रहदै आएको छ ।

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’
_XUY13WTNDr_3ilo34xesd6taanmvwjcfbd0yddlbpzgawsevtu39pqtqozldlstzupd9dza_SpZiW2mLUv_iawe9p4oklzw8benam2ph96rlcn9cie57elmbkoqoa1a1bfnuslfbo3i4afn.jpeg)
किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_GgX6jDiNfm_jnf7nz3trha8lbvlhbrp8k9utgy4j3dmewnknv3u8roq6xdzsi5r5v4wxgp0_KsZHMOC7wG_wgbd4wi6hpvlskruhdwpg9oqqub5j9kugcbx86tnpkkkkqxuauwmk4ja0tky.jpg)
सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

प्रतिक्रिया