लेभान्टेसँग हार्यो रियल मड्रिड

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ । शनिबार राती भएको खेलमा रियल लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो । मालिटोले खेल शुरु भएको ९ मिनेटमै रातो कार्ड खाएपछि रियल १० खेलाडीमा सिमित भएको थियो ।
तर उसका लागि मार्को असिन्सियोले १३ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर त्यो अग्रता धेरैबेर टिकेन । लेभान्टेका जोशे लुइस मोर्लेसले ३२ औँ मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिदो दोस्रो हाफको ७८ औँ मिनेटमा लेभान्टेले विजयी गोल गर्यो ।
उसका लागि रोजर मार्टीले गोल गर्दै लेभान्टेलाई तीन अंक दिलाउन सफल भए । जितपछि रियल २० खेलबाट ४० अंकसहित दोस्रो स्थानमा छ । हार व्यहोरेको लेभान्टे २० खेलबाट २६ अंकसहित ला लिगाको नवौँ स्थानमा छ । दुई खेल कम खेलेको एथ्लेटिको मड्रिड भने ४७ अंकसहित ला लिगाको शीर्ष स्थानमा छ । ला लिगाका अन्य खेलमा सेभिल्लाले एइबरलाई २-० गोलले हराउँदा भिल्लारियल र रियल सोसिडाडले एक एक गोलको बराबरी खेलेका छन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया