दुर्घटना : कैलाली र काठमाडौँमा चार जनाको मृत्यु !

काठमाडौँ : कैलाली र काठमाडौँमा भएका गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कैलालीको सुख्खडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना, कागेश्वरी मनोहरा नगरपालिका-७ अमरसिंह चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जना र गोंगबुको बिजी मल अगाडि मोटरसाइकलले ठक्कर दिँदा एक जना गरी चार जनाको मृत्यु भएको हो ।
कैलालीको घोडाघाडी नगरपालिका-१० मा म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा चढेका २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते दुवै जनाको घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।
यस्तै काठमाडौँको कागेश्वरी अमरसिंह चोकमा बा ९३ प ३३१० नम्बरको मोटरसाइकल घरको भित्तामा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीका ३१ वर्षीय निराजन बरालको मृत्यु भएको छ । यस्तै नयाँ बसपार्कको बिजी मल अगाडि बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुनमाया गुरुङको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

आजको मौसम पूर्वानुमान: कोशी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा…

प्रतिक्रिया