युभेन्टस तेस्रो स्थानमा, मिलान क्लबलाई दबाब !

काठमाडौँ : इटालियन सिरि ए फुटबलमा युभेन्ट्स, एसी र इन्टर मिलान विजयी भएका छन् । शनिबार राति भएको खेलमा युभेन्टसले साम्पडोरियालाई २-०, एसी मिलानले बोलोग्नालाई २-१ गोलले हराउँदा इन्टर मिलानले बेनेभेन्टोलाई ४-० गोलको फराकिलो अन्तरले हराएका हुन् ।
युभेन्टसलाई जिताउन चिएसा र राम्सीले गोल गरे । जितसँगै युभेन्टस १९ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एसी मिलान २० खेलबाट ४६ अंक जोडेर शीर्ष स्थानमा कायमै छ ।
दोस्रो स्थानको इन्टर मिलानको ४४ अंक छ । साविक विजेता युभेन्टस पछिल्ला खेलमा सुधारिएको प्रदर्शन गर्दै शीर्ष स्थानका मिलान क्लबसँगको अंकदुरी घटाउँदै लिएको छ ।
प्रतिक्रिया