टर्कीलाई मुस्लिम बाहुल्य देशको साथ
गहिरिँदै टर्की-फ्रान्स तनाव

विवादित नागोर्नो–काराबाख क्षेत्रको स्वामित्वको लागि अर्मेनिया र अजरबैजानबीचको युद्धमा आमने–सामने भएका फ्रान्स र टर्कीबीचको टकराव चर्कंदै गएको छ । फ्रान्सेली राष्ट्रपति इम्यानुअल माक्रोनले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मुहम्मदको कार्टुनका सम्बन्धमा दिएको अभिव्यक्तिले मुस्लिम राज्यहरु आन्दोलित भएका छन् ।
माक्रोनले सुरुदेखि नै टर्कीले अजरबैजानलाई सैन्य सहायता दिएको सार्वजनिक अभिव्यक्ति दिदैं आएका छन् । जसका कारण फ्रान्स र टर्कीबीच असमञ्जस्यता बढ्दै थियो । ६ वर्षको उमेरदेखि फ्रान्समा रहँदै आएका एक मुस्लिम किशोरले कक्षामा पैगम्बर मुहम्मदको कार्टुन प्रदर्शन गरेको भन्दै ४७ वर्षे एक शिक्षकको टाउको छिनालेर गत साता हत्या गरिदिएका थिए ।
त्यसपछि राष्ट्रपति माक्रोनले मुस्लिम कट्टरपन्थका विरुद्ध बोल्दै आएका छन् । राष्ट्रपति माक्रोनले मुस्लिम कट्टरपन्थका सम्बन्धमा फ्रान्सको अडान यथावत् रहने प्रतिक्रिया दिएपछि स्थिति अझै तनावपूर्ण बन्दै गएको छ । माक्रोनले ‘कार्टुन (व्यंग्य) को स्वतन्त्रतालाई छाड्नेछैन’ भनेपछि मुस्लिम देशहरु फ्रान्सको विरुद्ध एक भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मुस्लिम राज्यहरुलाई एकतावद्ध भइ सामूहिक रुपमा प्रतिवाद गर्न आह्वान गर्दै ट्वीट गरेका छन् ।
My letter to leaders of Muslim states to act collectively to counter the growing Islamophobia in non-Muslim states esp Western states causing increasing concern amongst Muslims the world over. pic.twitter.com/OFuaKGu2c1
— Imran Khan (@ImranKhanPTI) October 28, 2020
त्यस्तै बंगलादेशको राजधानी ढाकामा फ्रान्सेली उत्पादन बहिष्कार गर्ने उद्घोषसहित विशाल जनप्रदर्शन गरिएको छ । उनीहरुले राजधानी ढाकास्थित फ्रान्सेली दूतावासको अगाडि प्रदर्शन गर्न खोजेपछि दूतावासको सुरक्षा बढाइएको छ । कोरोना भाइरस महामारीको वेवास्ता गर्दै ४०,००० मानिसहरु ढाकाको सडकमा निस्केर प्रदर्शन गरेका थिए ।
राष्ट्रपति माक्रोनले फ्रान्सेली धर्मनिरपेक्षताको वकालत गरेपनि मुस्लिम बाहुल्य देशहरुको निशानामा परेका छन् । टर्कीका राष्ट्रपति रेसिप एद्रोनले पनि सोमबार फ्रान्सेली उत्पादन बहिस्कार गर्न आह्वान गरेका थिए । टर्कीका राष्ट्रपतिले मुस्लिमहरुमाथि दोस्रो विश्वयुद्ध अघि युरोपमा यहुदीसरह व्यववहार भएको टिप्पणी समेत गरेका थिए । युरोपका धेरैजसो राष्ट्रप्रमुखले एद्रोनको अभिव्यक्तिको भत्र्सना गर्दै माक्रोनलाई समर्थन दिएका थिए ।
(बीबीसीबाट)

विश्वको सबैभन्दा महंगो 'निलो हिरा'को हुँदैछ लिलामी

चीन-अमेरिका व्यापार युद्ध : चीनले गर्यो १८ अमेरिकन कम्पनीमाथि कारबाही

चीनले ८४% कर लगाए पछि ट्रम्पले भने: अब अमेरिका सर्नुहोस्’

चीनको अस्पतालमा आगलागी हुँदा जलेर २० जनाको मृत्यु

इरानले तीन कैदीको औंला काट्दै, गत वर्ष मात्रै १५३८ कैदीलाई फाँसी

चीनमा अदालतको फैसला- सय टन जिउँदो गोही बेचेर ऋण चुक्ता गर्नु
'चीनको सैन्य विस्तार आश्चर्यजनक’

प्रतिक्रिया