नेकपाको विवादले दल दर्ता सम्बन्धि सूचना प्रकाशित गर्न केही दिन लाग्ने

काठमाडौँ : दल दर्ता सम्बन्धि सूचना प्रकाशित गर्न निर्वाचन आयोगलाई अझै केही दिन लाग्ने भएको छ । सत्तारुढ नेकपा विवाद टुंग्याउन नसकेपछि आयोगले थप परामर्श गर्नुपर्ने भएकाले दल दर्ता सम्बन्धि सूचना प्रकाशित गर्न केही दिन लाग्ने जनाएको हो ।
दल दर्ता सम्बन्धिको सूचना राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । तर नेकपाका दुई पक्षसँग एकसाथ छलफल गर्न ढिलाई भएपछि दल दर्ता सम्बन्धिको सूचना प्रकाशित गर्न केही दिन पर सार्नु परेको आयोगका एक पदाधिकारीले इकागजसँग बताए ।
सूचना प्रकाशित गर्नुअघि आयोगले नेकपाको ओली र दाहाल-नेपाल दुवै समूहसँग छलफल गर्ने तयारी गरेको छ । यसअघि आयोगले दुवै पक्षका शीर्ष नेतालाई छलफलमा बोलाएपनि दाहाल-नेपाल उपत्यकामा नभएका कारण छलफल भएको थिएन ।
आयोगका पदाधिकारीले दाहाल-नेपाल निकट कानुन व्यवसायीसँग पनि छलफल गरिरहेका छन् । दल दर्ता सम्बन्धि विवाद टुंग्याउनका लागि आयोगका पदाधिकारीले दुवै पक्ष निकट कानुन व्यवसायीसँग अनौपचारिक परामर्श गरिरहेका हुन् ।
संविधानको धारा २७२ मा राजनीतिक दलको गठन, दर्ता, सञ्चालन र सुविधा तथा तत्सम्बन्धी अन्य विषय संघीय कानून बमोजिम हुने उल्लेख छ । संघीय कानुनअनुसार विभाजित नेकपामध्ये कुनलाई आधिकारिकता दिने वा के गर्ने भन्ने विषयमा आयोगकै पदाधिकारीले कानुन व्यवसायीसँग परामर्श गर्न लागेका हुन् ।
कानुन व्यवसायीको राय र सुझावपछि आयोगले दुवै पक्षलाई बोलाएर एकपटक छलफल गरेपछि दल दर्ता सम्बन्धि सूचना प्रकाशित गर्नेछ । सरकारले घोषणा गरेको बैशाख १७ र २७ गते चुनाव सम्पन्न गर्नका लागि एक हप्ताभित्र दल दर्तासम्बन्धि सूचना प्रकाशित गरिसक्नुपर्ने हुन्छ ।
यस्तै आयोगले दर्ता सम्बन्धिको विधि र प्रक्रियाका विषयमा सोमबार पूर्व प्रमुख निर्वाचन आयुक्तसँग पनि छलफल गर्दैछ ।

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छः राष्ट्रपति पौडेल

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री ओली

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

प्रतिक्रिया