तातोपानी नाका खुल्यो, भोलिदेखि व्यापार सुचारु हुने

काठमाडौं : चीनसँगको व्यापारिक नाका तातोपानी आजदेखि खुल्ला भएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार, चिनियाँ पक्षले आजदेखि औपचारिक रुपमा नाका खोलेको भएपनि बिहीबारदेखि मात्र भन्सार चेकजाँच भइ आयात–निर्यात सुचारु हुनेछ ।
चीनबाट आयातीत सामान चीनको झाङ्बु नाकामा जाँचपास गराउन खटिएका एकजना क्लीयरिङ एजेन्टलाई कोरोना भाइरस पोजिटीभ देखिएपछि असोज १८ देखि उक्त नाका बन्द थियो । जसका कारण दसैंलाई लक्षित गरी ल्याइएका सामान तिब्बतको नाकामा रोकिएका छन् ।
२०७२ सालको भूकम्पले बाटो र भवनमा क्षति पुर्याएको भन्दै चीनले लामो समय उक्त नाका बन्द गरेको थियो । २०७६ जेठबाट सञ्चालनमा ल्याउने औपचारिक घोषणा भएपनि साउनदेखि व्यापार सुचारु भएको थियो । चीनमा कोरोना भाइरसको संक्रमण विस्तार भएपछि गत वर्ष माघ १३ देखि उक्त नाका बन्द थियो ।
चैत अन्तिमदेखि अत्यावश्यक सामग्री भित्र्याउन नाका खोल्ने सहमति भएपनि कोभिड–१९ को असरका कारण व्यापारिक प्रयोजनका सामग्रीको आयात निर्यात भने खुलाइएको थिएन । गत असार २४ मा बाढीपहिरोपछि त नाका पूर्ण रुपमा बन्द नै थियो ।
तातोपानी भन्सार कार्यालयका प्रमुख खत्रीले चिनियाँ ट्रक, कन्टेनरमै नेपाली भन्सारको यार्डसम्म ल्याउने र त्यहीं अनलोड गर्ने व्यवस्था भएको बताए । यो व्यवस्थाले सामान अनलोड गर्न नेपालीहरु तिब्बती बन्दरगाहसम्म जानुपर्दैन ।
तातोपानी नाका चीनसँगको व्यापारमा प्रयोग हुँदै आएको रसुवागढी नाकाभन्दा चल्तीमा रहँदै आएको थियो । तर २०७२ सालको भूकम्प र सिन्धुपाल्चोकमा पुनःनिर्माण र पुनस्र्थापनामा पश्चिमा सहयोग बाक्लिएपछि भने चीनले उक्त नाका खुलाउन चासो दिएको थिएन । दुइ देशबीच उच्च राजनीतिक स्तरको छलफलमा समेत कुरा उठेपनि चीनले एकैपटक २०७६ साल जेठदेखि उक्त नाका खुलाएको थियो ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया