सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

म्यानमारको 'सैन्य कू'पछि नेपाली कांग्रेसले सम्झियो रोहिङ्या

काठमाडौँ : म्यानमारमा 'सैन्य कू' भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यो घटनामा आफ्नो धारणा सार्वजनिक गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट लेख्दै यो घटना निन्दनिय भएको बताएका छन् ।

साथै उनले रोहिङ्या सामुदायमाथि भएको व्यवहारलाई पनि सम्झिएका छन्। प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्-  

म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी l निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनिय ! यधपी रोहिङ्या समुदायमाथि सुकि सत्ताको ब्यवहारको पुरानो घटना अमानवीय थियो l तर, मानवीयताको बाटो फेरि पनि लोकतन्त्र नै हो l हामी हरेक प्रतिगमनविरुद्ध छौं देशमा होस् या परदेशमा l