कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको शिक्षा सचिव गोपीनाथ मैनालीले जानकारी दिए । उनकाअनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिन्छ । बोर्ड परीक्षा सकिएको ६३ दिनमै नतिजा सार्वजनिक गरेको हो । नतिजा गत वर्षभन्दा सुधार आएको उनले बताए ।
कोभिड-१९ संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा मंसिरमा भएको थियो । गत ९ देखि १६ मंसिरसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी ४ लाख बढी विद्यार्थी सहभागी भएका थिए । बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

आजको मौसम पूर्वानुमान: कोशी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा…

प्रतिक्रिया