सेयर बजार पुनः २,४०० बिन्दूको थ्रेसहोल्ड माथि

काठमाडौँः सोमबार सेयर बजार परिसूचक (नेप्से इण्डेक्स) पुनः २,४०० बिन्दू नाघेको छ । साताको पहिलो कारोबार दिन आइतबार सबै समूहका परिसूचकहरू ओरालो लागेपछि नेप्से ५४.७५ अंकले घटेको थियो । सोमबार बजार खुलेको पहिलो आधा घण्टामा बजारमा तीव्र उतारचढाव देखिएको थियो । त्यसपछि बजार सामान्य गतिमा बढ्दै २,४०८.२४ बिन्दूमा पुगेर कारोबार बन्द भयो । आइतबारको तुलनामा नेप्से ३७.७ अंकले बढेको छ । सेयर बजारमा ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सूचकांक, सेन्सेटीभ इण्डेक्स १.१४ प्रतिशतले बढेर ४३७.२८ बिन्दूमा पुगेको छ ।
सोमबार नेप्सेमा लघुवित्त र म्युचुअल फण्डबाहेक सबै समूहका परिसूचकहरू उकालो लागेका छन् । आज होटल समूहको परिसूचक सबैभन्दा उच्च ८.७६ प्रतिशतले बढेर २,१७४.५८ बिन्दूमा पुगेको छ । आइतबार उल्लेख्य घटेको वित्त कम्पनी समूहको परिसूचक आज ३.५९ प्रतिशतले वृद्धि भई १,१४०.८९ बिन्दूमा पुगेको छ । त्यस्तै नेपाल टेलिकमको समेत सेयर सूचीकृत भएको अन्य समूह, विकास बैंक समूह र जीवन बिमा समूहका परिसूचकहरू पनि २ प्रतिशतभन्दा माथिले उकालो लागेका छन् ।
आइतबार सेञ्चुरी बैंकको सबैभन्दा ठूलो परिमाणमा ७ लाख ६० हजार चार सय ९५ कित्ता सेयर किनबेच भएको थियो । त्यसको प्रभाव बैंकको सेयर मूल्यमा सोमबारदेखि नै देखिन थालेको छ ।
सोमबार नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको सेयरमा सर्किट ब्रेक लागेको छ । आइतबार सेञ्चुरी बैंकको सबैभन्दा ठूलो परिमाणमा ७ लाख ६० हजार चार सय ९५ कित्ता सेयर किनबेच भएको थियो । त्यसको प्रभाव बैंकको सेयर मूल्यमा सोमबारदेखि नै देखिन थालेको छ । सेञ्चुरी बैंकको सेयर मूल्य सोमबार प्रतिकित्ता २३ रुपैयाँले बढेर २५३ रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतले बढेर १६५ रुपैयाँ प्रतिकित्ता पुगेको छ ।
त्यस्तै पोखरा फाइनान्स लिमिटेड, प्रभु लाइफ इन्स्यारेन्स, माउन्टेन इनर्जी लिमिटेड, सोल्टी होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल, बेस्ट फाइनान्स कम्पनी, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ ।
आइतबार पनि सबैभन्दा बढी कमानउनेमा प्रभु लाइफ इन्स्यारेन्सका लगानीकर्ता थिए । सोमबार प्रभु लाइफ इन्स्यारेन्सको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता ८४० रुपैयाँ पुगेको छ ।
सोमबार नेप्सेमा २०३ कम्पनीका एक करोड ३३ लाख ११ हजार नौ सय ४२ कित्ता सेयर ६५ हजार सात सय ७८ कारोबारमार्फत् ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार पाँच सय २९ रुपैयाँमा किनबेच भएका छन् । सोमबारसम्म सेयर बजार पुँजीकरण ३२ खर्ब ४३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । सेयर बजारको विद्यमान प्रवृत्ति हेर्दा बजार पुँजीकरण चाँडै कुल गार्हस्थ उत्पादनकै आकारमा पुग्ने विश्लेषकहरूले बताएका छन् ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

प्रतिक्रिया