विघटनविरुद्ध आन्दोलन गर्नुपर्छ भन्नेमा कांग्रेस स्पष्ट छ : प्रदीप पौडेल

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गर्नुपर्छ भन्नेमा पार्टीभित्र अलमल नभएको बताएका छन् । विघटनविरुद्ध कांग्रेसका विभिन्न भातृ संगठनले गरेको विरोध प्रदर्शनलाई सम्वोधन गर्न मोरङ पुगेका नेता पौडेलले त्यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाई आन्दोलनमा जाने निर्णय गरेको पौडेल बताए । केही व्यक्तिहरूले कांग्रेसभित्र आन्दोलनमा जाने कुरामा अलमल रहेको बताएपनि त्यस्तो नभएको बताए ।
कांग्रेस विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर आन्दोलनका लागि मैदानमा आइसकेको बताए । त्यस्तै विघटनले नेपाली राजनीतिमा गम्भीर मोड आएको बताउँदै लोकतन्त्र र संविधानसमेत रहने कि नरहने भन्ने कुरामा आशंका रहेको बताए ।
“नेपालको राजनीति एउटा गम्भीर मोडमा पुगेको छ । लोकतन्त्र रहन्छ कि रहँदैन । यो संविधान रहन्छ कि रहँदैन । बर्माको जस्तै फेरि अर्को घटना हुन्छ कि । विभिन्न तानाबानाहरू बुनिन्छ कि भनेर मान्छेहरूले अनुमान गरिरहेको स्थिति छ,” उनले भने ।
त्यस्तै प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले आन्दोलनलाई निरन्तरता दिनेमा ढुक्क बन्नसमेत पौडेलले आग्रह गरे ।

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योगमन्त्री भण्डारी

शिक्षकले आफ्ना समस्या मात्र हैन, देशको आर्थिक अवस्थालाई हेरेर विचार गर्नुपर्छ : …

बेलायती सभामुखसँग नेपाली राजदूत घिमिरेको शिष्टाचार भेट

मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सरकार प्रयासरत छ : मन्त्री साह

तीनकुने घटनाको अनुसन्धान जारी छः गृहमन्त्री लेखक

नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छः अध्यक्ष दाहाल

प्रतिक्रिया