जनकपुरधाम उपमहानगरपालिकामा अख्तियारको छापा

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा छापा मारेको छ । आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले उपमहानगरपालिकाविरुद्ध उजुरी परेपछि सोमबार छापा मारेको हो ।
अख्तियार कार्यालय बर्दिबासका उपसचिव मनिराम ज्ञवालीको नेतृत्वको टोलीले उपमहानगरविरुद्ध परेका उजुरीहरूको बिहान १० बजेदेखि दिउसो साढे ४ बजेसम्म छानबिन गरेको छ । लेखा, जिन्सी, कार्यालयमा भए गरेका कामकाजको अभिलेख प्रणालीको सन्दर्भमा टोलीले अनुगमन तथा निरीक्षण गर्न सुरु गरेको टोलीको नेतृत्वकर्ता उपसचिव ज्ञवालीले जानकारी दिए ।
उपमहानगरद्वारा सञ्चालन भएका योजनाहरूको स्थलगत अनुगमन निरन्तर जारी रहने उनले बताए । टोलीले अहिलेसम्म ४ उजुरीमाथि छानबिन गरिसकेको र बाँकी उजुरीमाथि छानबिनलाई जारी राखिने र गलत देखिएमा दोषीलाई कारबाहीको दायरामा ल्याउने अख्तियारले जनाएको छ ।
श्रोतका अनुसार अख्तियारले उजुरी परेका मध्येका केही सम्पन्न योजनाका फाइलसमेत नियन्त्रणमा लिएको छ । ती फाइलको अध्ययन तथा छानबिन कार्यालयमै बसेर गरिनेछ भने फरक देखिएमा सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाई अख्तियारले सोधपुछ गर्नेछ ।
ज्ञवाली नेतृत्वको टोलीमा इन्जिनियर सदन श्रेष्ठ, लेखा अधिकृत मनोज सुनुवार, कम्प्यूटर अपरेटर राहुल जयसवाललगायत छन् ।
उपमहानगरकी उपमेयर रीता मिश्रले विभिन्न योजनाविरुद्ध परेको उजुरी छानबिन गर्न अख्तियारको टोली कार्यालयमा आएको बताइन । उनले भनिन्, 'उपमहानगरपालिका सम्पन्न १०/१५ वटा योजनाविरुद्ध अख्तियारमा उजुरी परेको थियो, त्यसैबारे छानबिन गर्न अख्तियारको टोली कार्यालयमा आएको थियो । तर कुनै गल्ती नभेटाएपछि छानबिन गरी फर्केर गयो ।'

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया