१५ हजार घूससहित सशस्त्रका हवल्दार बस्नेत पक्राउ

जनकपुरधाम : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीबाट सशस्त्र प्रहरीका हवल्दार श्रवण बस्नेतलाई घूससहित पक्राउ गरेको छ ।
सोमवार दिउसो जिल्लाको गौशाला नगरपालिकास्थित निगौलचोकबाट १५ हजार रुपैयाँ घूस रकमसहित पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयका प्रवक्ता मणिराज ज्ञवालीले जानकारी दिए । बस्नेत गौशाला नगरपालिका-१ स्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत छन् ।
आयोगको कार्यालय बर्दिबासबाट टिकाराम भण्डारीको नेतृत्वमा खटेको टोलीले बस्नेतलाई दाउरा ओसारपोसारमा सहजिकरण गरिदिने भन्दै घूस लिइरहेको बेलामा पक्राउ गरेको हो । बस्नेतमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया