करणको टिम फेरि पनि पराजित
काठमाडौँ : नेपाली क्रिकेटर करण केसी आबद्द पुने डेभिल्स आबुधाबी टी १० लिगमा फेरि पनि पराजित भएको छ । सोमबार भएको खेलमा पुने बंगला टाइगर्ससँग ८ विकेटले पराजित भएको हो ।
पुनेले दिएको १ सय १६ रनको लक्ष्य बंगलाले ८ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो । बंगलाको जितमा टम मोरेसले अविजित ३८ रन जोडे । पुनेका मोहमद आमिरले १ विकेट लिए ।
करण एक ओभर बलिङ गर्दै १७ रन खर्चिदा पनि विकेट लिन असफल रहे । यस अघि पहिले ब्याटिङ गरेको पुनेले १० ओभरमा ३ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।
हारसँगै पुनेले ४ खेलबाट २ अंक मात्रै जोडेको पुने पुछारमा छ । यस बर्षको टी १० लिगमा पारस खड्का, कुशल मल्ल, सोमपाल कामी र करण केसी आवद्ध छन् ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया