बिहीबार २२ जेठ, २०८२
Thursday, June 05, 2025

नेपाली राष्ट्रिय क्रिकेट टिम कतार नजाने

काठमाडौँ : ट्वेन्टी-ट्वेन्टी क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम कतार नजाने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार कतारसँगको टी-ट्वेन्टी सिरिज स्थगित भएको घोषणा गरेपछि नेपाली टिम कतार नजाने भएको हो ।

नेपालले कतारसँग टी-ट्वेन्टी क्रिकेट सिरिज खेल्ने तालिका थियो । सिरिज फेब्रुअरी ९ देखि १२ सम्म हुने तालिका थियो । कोभिड १८ को महामारी बढेपछि कतार सरकारले स्पोर्ट्स डे स्थगित गरेपछि नेपालको कतार भ्रमण रोकिएको हो । 

कतार भ्रमणका लागि नेपालले बन्द प्रशिक्षणका लागि १८ सदस्यीय खेलाडी छनोट गरेको थियो ।