पूर्व सचिव सिलवाल बने बीमा समितिको अध्यक्ष

काठमाडौँः बीमा क्षेत्रको नियामक बीमा समितिको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । गृहसचिवबाट सेवा निवृत्त भएका सिलवाल उद्योग सचिव पनि भए । उनले लामो समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भारत डेस्क हेर्ने सहसचिवका रूपमा काम गरेका थिए । कर्मचारीतन्त्रमा उनलाई कार्यसम्पादन क्षमता भएको (फरफर्मर) का रूपमा लिइन्थ्यो । तर बीमा भने उनका लागि नयाँ क्षेत्र हो ।
सिलवाल पूर्व एमाले निकट हुन् । उनी अर्थमन्त्री विष्णुप्रसाद पौडेलको रोजाइले मन्त्रिपरिषद्मा सोझो सिफारिशबाट बीमा समितिको नियुक्त भएका हुन् । बीमा समितिको अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ । बीमा समितिको अध्यक्ष बन्ने दौडमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीदेखि पूर्व अर्थमन्त्री युवराज खतिवडाका छोरिज्वाइँ रामशरण खरेलसम्म थिए ।
यसअघि अर्थमन्त्री छँदा कृष्णबहादुर महराले राष्ट्र बैंककै निर्देशक चिरञ्जीवी चापागाईंलाई अध्यक्ष बनाएका थिए । चापागाईंको कार्यकाल समाप्त भएको झण्डै एक महिनापछि सरकारले नयाँ अध्यक्षको नियुक्ति गरेको हो ।
बीमा समितिको अध्यक्ष बन्न नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्व अध्यक्ष महेश गुरागाईं र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का पूर्व अध्यक्ष टंक पनेरूले पनि इच्छा गरेका थिए ।

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

पर्यटकको रोजाइमा विचित्र गुफा

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

प्रतिक्रिया