सुरक्षा परिषदको बैठक बस्दै, म्यानमार 'कु' मा चीनले के गर्छ ?

काठमाडौँ : म्यानमारमा सेनाले सत्ता हातमा लिएको विषयमा छलफल गर्न संयुक्त राष्ट्र संघले सुरक्षा परिषदको आपतकालिन बैठक बोलाएको छ । राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले म्यानमारमा सेनाले गरेको कु का विषयमा छलफल गर्न मंगलबार सुरक्षा परिषदको आपतकालिन बैठक बोलाएका हुन् ।
सुरक्षा परिषदमा अमेरिका, चीन, रुस, फ्रान्स, बेलायतलगायतका देश छन् । अमेरिका र बेलायतले म्यानमारमा सेनाले गरेको 'कू' को विरोध गरेका छन् । तर अहिलेसम्म चीन र रुसले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
अमेरिकी राष्ट्रपति बाइडनले सेनाले सत्ता नछाडे कडा कदम चाल्ने चेतावनी दिइसकेका छन् । तर चीन र रुस भने अमेरिकी कदमको विरोधमा उभिदै आएका छन् । सुरक्षा परिषदको बैठकमा चीन र रुसले म्यानमारमा सेनाले उठाएको कदमको समर्थन गर्छन् या विरोध ? हेर्न बाँकी छ ।

इरान हमलापछि नेतान्याहुको छोराको विवाह रोकियो

इजरायली नागरिकको मृत्युका लागि इरानले ठूलो मूल्य चुकाउनुपर्ने नेतन्याहूको चे…

इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुन सक्छ : ट्रम्प

इरान र इजरायलबीचको तनाव आगामी केही घन्टामा ‘शान्त’ हुने म्याक्रोँको आशा

चिनिया बिदेश मन्त्रीले भनेः चीन इरानकाे समर्थनमा उभिन्छ

प्रतिक्रिया