कामचलाउ प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
एजेण्डा संवैधानिक निकायमा पदाधिकारी नियुक्ति
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ संवैधानिक परिषद् बैठक बोलाएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले बुधबार साँझ ५ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्र प्राप्त भएको जानकारी दिएको छ । परिषद्मा राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेपछि परिषद् बैठक पहिलो पटक बोलाएका हुन् । निर्वाचन घोषणा भएपछि सरकार कामचलाउ भइसकेको छ ।
विगतमा विभिन्न संवैधानिक निकायमा परिषद्ले गरेका नियुक्तिको सिफारिस विवादमा परेको बेला पुनः बैठक बोलाइएको हो । बैठकको एजेण्डा संवैधानिक निकायमा नियुक्ति र विविध भनिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई भने सूचना पठाइएको छैन । प्रतिनिधि सभा विघटन गरेकाले देउवालाई सूचना नदिएको हुन सक्ने देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
प्रधानमन्त्री अध्यक्ष हुने परिषद्मा प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीश सदस्य हुन्छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया