माघ २८ मा महिला लघुवित्तको आइपीओ

काठमाडौं : माघ २८ गते महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) खुल्ने भएको छ । जारी पुँजीको ३ लाख ७५ हजार कित्ता सर्वसाधारणमा लागि निष्काशन गर्न लागेको हो ।
लघुवित्तको जारी पुँजी १० करोडको ४० प्रतिशत निष्काशनका लागि छुट्याएको छ । प्रति सेयर एक सय रुपैयाँ अंकित दरमा ४ लाख कित्ता साधारण सेयर छ । पाँच हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । त्यसबाहेक २० हजार कित्ता सेयर सामुहिक लगानी कोषका लागि राखिएको कम्पनीले जानकारी दिएको छ ।
आइपीओ भर्ने म्याद फागुन २ गतेसम्म राखिएको छ । धितोपत्र बोर्डले लघुवित्तलाई माघ ८ गते आइपीओका लागि स्वीकृति दिएको थियो ।

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

प्रतिक्रिया