गुरुयोजना अनुसार नै कमल पोखरी बन्दैछ : काठमाडाैँ महानगर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले कमल पोखरी निर्माण कार्य गुरुयोजना अनुरुप नै भएकोले बिरोध गर्नुपर्ने कारण नभएको बताएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले कमल पोखरीको संरक्षण गर्नका लागि गुरु योजना बनाएर निर्माण कार्य गरिरहेको र कमल पोखरीको जग्गामा अनाधिकृत रुपमा बनाइएको स्पोर्टस् क्लब र राधेराधेको भवन हटाएकाले त्यसको विरोध गर्नुपर्ने कारण नभएको बताएका हुन् ।
उक्त भवनहरु नक्सा पास गरेर स्वीकृति विना नै बनाएकोले भत्काउनु परेको उनको दाबी छ । कमल पोखरीको जग्गामा बसिरहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी भने काठमाडौँ महानगरपालिको अनुरोधमा छोडेको ज्ञवालीले जानकारी दिए । स्पोर्टस् क्लब र राधेराधेको भवन अनाधिकृत रुपमा निर्माण भएको सुचना तथा प्रतिवेदन महानगरपालिकाले प्राप्त गरेपछि त्यहाँबाट उक्त भवन हटाइएको ज्ञवालीले बताए ।

नौ खानेपानी योजना सञ्चालनमा
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

प्रतिक्रिया