सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

दाहालविरुद्धकाे मुद्दाको पेसी यसकारण सर्‍याे

फाइल तस्बिर

 काठमाडौँ  :  नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दायर भएको अदालतको अवहेलनाको मुद्दाको पेसी सरेको छ । मंगलबार न्यायाधीश डा.मनोज शर्माको एकल इजलासमा पेसी तोकिए पनि बेञ्‍च बस्‍न नपाएपछि पेसी सरेको हो ।  दाहालविरुद्ध अधिवक्ता समिर हायुले सोमबार अदालतको अवहेलनाको मुद्दा सर्वाेच्चमा दायर गरेका थिए ।

गत शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दा दाहालले भनेका थिए, ‘सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौँ । हामीलाई अदालतप्रति विश्‍वास छ तर पनि जनताको अदालत नै ठूलो हो । सारा देशले सुने हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धको अवेहलनाको मुद्दा पनि शर्माकै इजलासबाट सुनुवाइ भएको हो ।  शर्माको इजलासले प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीशहरु र पूर्वसभामुखलाई सात दिनभित्र लिखित जवाफसहित अदालतमा आफैँ उपस्थित हुन आदेश दिएको थियो ।