बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

कांग्रेसले कार्तिक २१ गते बोलायो केन्द्रीय समिति

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक कार्तिक २१ मा बस्ने भएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहिबार विज्ञप्ति जारी गर्दै बैठकको जानकारी दिएका छन् ।

बैठकको मुख्य एजेन्डा पार्टीको आगामी १४ औं महाधिवेशनका बारेमा छलफल हुने पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोरोना महामारीका कारण बैठक बस्न सकेको थिएन ।