यो सरकारले कृषिलाई प्राथमिकतामा राखेको छ : मन्त्री अर्याल
काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताएकी छन् । मंगलबार नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अघिल्ला सरकारको पालामा कृषि क्षेत्रलाई प्राथमिकतामा नराखिएको भएपनि यस सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताएकी हुन् ।
सरकारले कृषिको व्यवसायिकरण, औद्योगिकरण, यान्त्रिकरण र बजारीकरणलाई व्यवस्थित गर्नको निम्ति आवश्यक कानुन निर्माण गरेको उनको दाबी छ । सरकारले नीति निर्माणको साथसाथै कार्यक्रम पनि अघि सारेको उनको भनाइ छ । किसानलाई उत्साहित बनाउन विभिन्न नामका कृषिको परियोजना अघि सारेको तथा पशु क्षेत्रमा लागेका किसानहरुलाई उत्साहित बनाउन कृषि फर्महरुको सुरुवात भएको उनले दाबी गरिन् ।
मन्त्री अर्यालले कृषिको व्यवसायिकताको निम्ति जग्गामा हदबन्दी नलगाउने कानुन आफू भूमि मन्त्रालयमा हुँदा नै बनाएको पनि जानकारी दिइन् । अर्यालले सरकारले मात्रै मुलुकको विकास गर्न सम्भव नभएको भन्दै कृषि क्षेत्रमा नीजि क्षेत्रसँग पनि सहकार्य गरिने बताइन् । मन्त्री अर्यालले परम्परावादी र निर्वाहमुखी उत्पादन गरेर मात्रै नहुने भन्दै व्यवसायिक उत्पादनका निम्ति कहाँको जमिनमा के उत्पादन हुन्छ कम्युटरबाटै पत्ता लगाउनसक्ने सफ्टवेयर विकास गरेर फागुनको पहिलो हप्ता उद्घाटन गर्ने जानकारी दिइन् ।

नौ खानेपानी योजना सञ्चालनमा
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

प्रतिक्रिया