भारतीय सडक विस्तारले महाकाली नदी थुनियो
काठमाडौँ : दार्चुलाको माल्पामा महाकाली नदी थुनिएको छ । भारतीय क्षेत्रमा सडक खन्दा बाहिर फालिएका ढुंगा माटोले महाकाली नदी थुनिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले इकागजलाई जानकारी दिए ।
'महाकाली नदी माथि भारतले सडक खनिरहेकाे छ । नदीकाे माथिल्लाे क्षेत्र साँघुराे पनि छ । त्यहाँ ढुगामुडा, गेग्रान खसेर थुनिएकाे हाे' प्रजिअ पाेखरेलले भने, 'भारतीय पक्षले खुलाउने प्रयास गरिरहेको भन्ने जानकारी पनि आएको छ ।' सडक निर्माण गर्दा थुप्रिएका ढुंगा,माटो महाकाली नदीमा पहिरिएको हो । नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालयले तटिय क्षेत्रका स्थानीयलाई सतर्क आग्रह गरेको छ ।
‘माल्पा भन्ने ठाउँमा ठूलो पहिरोको कारण महाकाली नदी थुनिन गएकोले कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको भन्ने जानकारी हुन आएकोले महाकाली नदी नजिक बस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको पत्रमा भनिएको छ ।

नौ खानेपानी योजना सञ्चालनमा
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

प्रतिक्रिया