साउथह्याम्पटनको पोष्टमा म्यानचेष्टर युनाईटेडको ९ गोल

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले साउथह्याम्पटनको पोष्टमा ९ गोल गरेको छ । मंगलबार राती भएको खेलमा युनाईटेडले साउथह्याम्पटनलाई फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
खेल सुरु भएको दोस्रो मिनेटमै अलेक्जेन्ण्डर जान्किटजले रातो कार्ड खाएपछि साउथह्याम्पटन १० खेलाडीमा सिमित भएको थियो । पहिलो हाफमा चार गोल गरेको युनाईटेडले दोस्रो हाफमा थप पाँच गोल हान्यो ।
जसमा एक गोल उपहार स्वरुप पाएको थियो । युनाईटेडलाई जिताउन एन्थोनी मार्सियलले दुई गोल गरे । यस्तै आरोन बिसाका, एडिसन काभानी, स्कोट म्याकटोनी, मार्कुस रसफोर्ड, ब्रुनो फर्नाण्डेज र ड्यानियल जेम्सले एक एक गोल गरे ।
साउह्याम्पटनका जान बेन्डरेकले एक गोल आफ्नै पोष्टमा गरे । खेलको ८६ औँ मिनेटमा ब्रेन्डरेकले पनि रातो कार्ड खाएपछि अन्तिम २० मिनेटमा साउथह्याम्पटन ९ खेलाडीमा सिमित भएको थियो । जितसँगै युनाईटेड २२ खेलबाट ४४ अंकसहित दोस्रो स्थानमा छ । दुई खेल कम खेलेको म्यानचेष्टर सिटी समान ४४ अंकका साथ गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।
तेस्रो स्थानको लिभरपुलको भने ४० अंक छ । हार व्यहोरेको साउथह्याम्पटन २१ खेलबाट २९ अंकसहित १२ औँ स्थानमा छ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया