शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

बंगलादेश र वेष्ट इण्डिजको पहिलो टेस्ट आजदेखि

काठमाडौँ : बंगलादेश र वेष्ट इण्डिजबीचको पहिलो टेस्ट क्रिकेट आजदेखि सुरु हुदैछ । बंगलादेशको चट्टोग्राममा बिहान सवा ९ बजेदेखि खेल सुरु हुनेछ । बंगलादेश भ्रमणमा रहेको वेष्ट इण्डिजले दुई टेस्ट खेल्नेछ ।

यसअघि भएको तीन खेलको एकदिवसीय क्रिकेट श्रृङ्खला बंगलादेशले ह्वाइटवास गरेको थियो ।