स्वाभिमान लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं : स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर बाँडने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
फागुन १३ गते बस्ने चौंथो साधारणसभाले यो पारित गर्नेछ । आर्थिक वर्ष २०७६/७७ सम्मको कुल सञ्चित वितरणयोग्य मुनाफाबाट संस्थाको चुक्ता पुँजीको २० प्रतिशत जारी गर्ने संस्थाले जानकारी दिएको छ । जसअनुसार बोनस सेयर १ करोड ५३ लाख ४२ हजार ३ सउ ६० रुपैयाँ हुन्छ ।
त्यसबाहेक ८ लाख ७ हजार चार सय ९२ रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्तावमा उल्लेख छ । यो चुक्ता पुँजीको १.०५ प्रतिशत हो ।
लघुवित्तहरूलाई मर्जर वा प्राप्ति गर्न र गराउन उपयुक्त देखिएमा आवश्यक काम अघि बढाउने समेत प्रस्तावमा भनिएको छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

प्रतिक्रिया