बोनस सेयर घोषणा लगत्तै स्वाभिमानको सेयरमा सर्किट
काठमाडौं : बोनस सेयर घोषणा गरेलगत्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार बसेको सञ्चालक समितिले २० प्रतिशत बोनस सेयर प्रस्ताव गर्ने निर्णय गरेकव थियो । बुधबार यो निर्णय सार्वजनिक भएलगत्तै स्वाभिमान लघुवित्तको सेयर १० प्रतिशतले बढेर रोकिएको हो ।
पछिल्लो समय वित्तीय संघसंस्थाहरूले आकर्षक बोनस लाभांश घोषणा गरेपछि सेयर बजारमा लगानीकर्ताको ओइरो लागेको छ । विगतमा बढी मात्रा नगद लाभांश बाँड्ने गरेकाले बुक क्लोजलगत्तै सेयर बेचेर लगानीकर्ता बाहिरिने गरेका थिए । तर यसपाली नगद लाभांशभन्दा बोनस सेयरमा बढी केन्द्रीत भएकाले पुँजीगत लाभ लिन लगानीकर्ताहरूको आकर्षण बढेको छ ।
फागुन १३ गते बस्ने चौंथो साधारणसभाले बोनस पारित गर्नेछ । आर्थिक वर्ष २०७६/७७ सम्मको कुल सञ्चित वितरणयोग्य मुनाफाबाट संस्थाको चुक्ता पुँजीको २० प्रतिशत जारी गर्ने संस्थाले जानकारी दिएको छ । जसअनुसार बोनस सेयर १ करोड ५३ लाख ४२ हजार ३ सउ ६० रुपैयाँ हुन्छ ।
त्यसबाहेक ८ लाख ७ हजार चार सय ९२ रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्तावमा उल्लेख छ । यो चुक्ता पुँजीको १.०५ प्रतिशत हो ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

प्रतिक्रिया