२५०० अंक पार गरेर फर्कियो सेयर बजार
नेप्से सामान्य अंकले घट्दा पनि कारोबार साढे ९ अर्ब पुग्यो

काठमाडौं : मंगलबारको उछालपछि सेयर बजारमा सामान्य करेक्सन आएको छ । ६ दशमलव ८१ अंकले घटेको नेप्से परिसुचक २४६६ दशमलव ९२ बिन्दूमा पुगेको हो ।
मंगलबार ६५ दशमलव ४९ अंकले बढेको नेप्से २४७३ दशमलव ७३ बिन्दु पुगेको थियो । बुधबारको कारोबारमा बैंकिङ समूह, हाइड्रोपावर, माइक्रोफाइनान्स र म्युचुअल फन्डबाहेक सबै परिसूचक रातम्मे भए ।
सबैभन्दा बढी ट्रेडिङ समूह, होटल, फाइनान्स, म्यानुफ्याक्चरिङ र जीवन बीमा समूहको परिसुचक ओरालो लागेको छ । ट्रेडिङ समूहको परिसुचक २ दशमलव २१ प्रतिशतले घटेको छ । फाइनान्समा १ दशमलव ६८ प्रतिशत र म्यानुफ्याक्चरिङमा १ दशमलव ६५ प्रतिशतले गिरावट आएको छ ।
प्री ओपन सेसनमा २५ सय अंक नाँघेको नेप्से क्रमश ओरालो लाग्यो । अन्तर दिवसीय कारोबारमा तिव्र उतार चढाव पार गर्दै अन्तिममा २४६६.२२ बिन्दूमा टुंगिएको थियो । सुरुको कारोबारमा हतारिएर लगानी गर्नेले ६१ अंकसम्मको घाटा बेहोर्नुपर्यो ।
बोनस सेयर घोषणा गरेलगत्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार बसेको सञ्चालक समितिले २० प्रतिशत बोनस सेयर प्रस्ताव गर्ने निर्णय गरेकव थियो । बुधबार यो निर्णय सार्वजनिक भएलगत्तै स्वाभिमान लघुवित्तको सेयर १० प्रतिशतले बढेर रोकिएको हो ।
पछिल्लो समय वित्तीय संघसंस्थाहरूले आकर्षक बोनस लाभांश घोषणा गरेपछि सेयर बजारमा लगानीकर्ताको ओइरो लागेको छ । विगतमा बढी मात्रा नगद लाभांश बाँड्ने गरेकाले बुक क्लोजलगत्तै सेयर बेचेर लगानीकर्ता बाहिरिने गरेका थिए । तर यसपाली नगद लाभांशभन्दा बोनस सेयरमा बढी केन्द्रीत भएकाले पुँजीगत लाभ लिन लगानीकर्ताहरूको आकर्षण बढेको छ ।
कारोबार रकम साढे ९ अर्ब पुग्यो
सेयर बजार सुचकमा सामान्य करेक्सन आएपनि बुधबारको कारोबार भने ९ अर्ब ५३ करोड रुपैयाँ नाँघेको छ । ९१ हजार ५ सय ५९ पटकको कारोबारमा २ करोड २० लाख किट्टा सेयर किनबेच भएको छ ।
बुधबार सबैभन्दा बढी ग्लोबल आइएमइ बैंकको सेयर किनबेच भएको छ । ग्लोबल आइएमइ बैंकको सेयर किनबेच ५६ करोड १९ लाख रुपैयाँ हाराहारी पुगेको छ ।
त्यसबाहेक करिब ३२ करोड ७० लाख रुपैयाँ बराबर कारोबार भएको पुनर्बीमा कम्पनीको सेयर मुल्य प्रति कित्ता एक हजार ६ सय ६ रुपैयाँ पुगेको छ ।
यसरी कारोबारमा आएको ग्लोबल आइएमइको सेयर मुल्य पनि उच्च वृद्धि भएको छ । यसको मुल्य प्रति कित्ता चार सय रुपैयाँ छ ।
नेपाल टर्लिकम, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लगायतका कम्पनीको उच्च मात्रामा सेयर किनबेच भएको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

प्रतिक्रिया