त्यस बखतको बजेट : वित्त गोप्य राख्नुपर्छ

राणा व्यवस्था र धर्मशास्त्रको आड पाएका श्री ३ महाराजले राष्ट्र धनलाई आफूले हडप्दथे र अरुले गरेको खर्चमा ठूलो निगरानी राख्थे ।
०००
राणा सरकारको प्रशासनको मूलमन्त्र थियो, खर्च सकभर घटाउने र आम्दानी जतिसक्यो धेरै बढाउने । खर्च घट्न गइ बचेको र बढी आम्दानी भएको सबै रकम श्री ३ महाराजको बाहुली दाखिला हुने हुँदा ।
राणा सरकारको अति कडा दरबन्दी व्यवस्थाले गर्दा श्री ३ महाराजको खड्ग निशाना बेगर चार पैसा खर्च लेख्न, मिनाहा बक्स दिन र लगती आम्दानी घटाउन पाइँदैनथ्यो । ‘कच्चा नछाड्नु, जम्माजम्मी नगर्नु’ भन्ने सवाल थियो । यस नियमले गर्दा राष्ट्रको जम्माजम्मी आम्दानी खर्च श्री ३ महाराज सिवाय अरु कसैले थाहा पाउने सम्भव थिएन । धर्मशास्त्रमा संकेत ९ गोपनियतामध्ये राष्ट्रको आयको चर कसैलाई नदिनु भन्ने कुराको राणा सरकारले २००० सालसम्म राम्रोसँग पालना गरेको थियो । यसरी राणा व्यवस्था र धर्मशास्त्रको आड पाएका श्री ३ महाराजले राष्ट्र धनलाई आफूले हडप्दथे र अरुले गरेको खर्चमा ठूलो निगरानी राख्थे ।
सुधार गर्ने हो भने प्रधानमन्त्रीले वार्षिक तीन लाख रुपैयाँको तलबमा चित्त बुझाउनपर्दछ भन्ने मुख्तियार मोहनशम्शेरको पद्मशम्शेरलाई धम्की । त्यस्तो धम्की श्री मोहनशम्शेरले बराबर श्री ३ पद्मलाई सुनाउँदथे भन्ने कुरा पनि गाइँगुइँ सुनिन्थ्यो ।
नेपालमा बजेट पास गर्ने व्यवस्था बसाली प्रधानमन्त्रीको तलब वार्षिक रु. ३ लाख (तीन सरकारको तीन लाख) ठेक्नपर्दछ भन्ने कुरा प्रसङ्गमा चल्दा तीन लाखे । प्रधानमन्त्री को हुन चाहन्छ भनी केही रोलवाला वरिष्ठ राणाहरू ओठ लेप्य्राएर च्याँठिन्थे— आर्थिक नियन्त्रणभित्र बस्न उनीहरूको कत्ति मन नहुँदा ।
पछिसम्म पनि नेपालको आय-व्यय गोप्य राख्नपर्दछ भन्ने धेरै राणाको
भनाइ आधारित थियो - हाम्रै धर्मशास्त्रमा उल्लिखित नव गोप्यता (आयुर, वित्तम, गृहच्छिद्रम्, मन्त्रा, मैथन, मेषजन् । तमोमाना अपमानश्च नवगोप्यति घत्नम्) को पालन गर्नपर्दछ भन्ने कथन र आर्थिक उत्तरदायित्व वहन गर्न नखोज्ने मनोवृत्तिमा ।
गुरु भनाउँदाहरूले पनि यो गोप्यता भङ्ग नहोस् भनी चेलाहरूलाई सदा अर्ती दिन्थे, कान फुक्दथे । गाँठका निर्धा श्री ३ पद्मशम्शेर प्रधानमन्त्री भएपछि साविकका प्रधानमन्त्रीले जस्तै राष्ट्रको धन कुम्ल्याउने लोभबाट मुक्त भएका थिएनन् । त्यसैले नेपालमा वैधानिक सुधार गर्ने हो भने प्रधानमन्त्रीले सीमित तलबमा चित्त बुझाउनुपर्दछ भन्ने मुख्तियार मोहनशम्शेरको धम्कीले रामवाणको काम गर्यो र श्री ३ पद्म फड्को चल्न सकेनन् ।
(सरदार भीमबहादुर पाँडेले पाँच भागमा लेखेको ‘त्यस बखतको नेपाल’ पुस्तकबाट ।)

किन गोप्य राखिन्थ्यो राणाकालमा बजेट ?

बजेट इतिहासमा सुवर्ण शमशेर, महेश आचार्य र प्रकाशचन्द्र लोहनी सम्झिन्छु

कार्यान्वयनमा जवाफदेहिता नहुँदा बजेट 'हात्तीको देखाउने दाँत' जस्तो भयो

कार्यान्वयनमा जवाफदेहिता नहुँदा बजेट 'हात्तीको देखाउने दाँत' जस्तो भयो

बजेट कार्यान्वयन र जवाफदेहिताका लागि नागरिक निगरानीको अभियान नै चलाउनुपर्छ

ऋणं कृत्वा घृतम् पिवेत्

बजेटको विश्वसनीयतामै प्रश्न

प्रतिक्रिया