आम हड्ताल नगर्न गृहको निर्देशन

काठमाडौँ : गृह मन्त्रालयले नेकपा (दाहाल-नेपाल समूह)ले बिहीबार देशव्यापी आमहडताल आव्हान गरिएको भन्दै सार्वजिनक गरिएको विज्ञप्तिप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ति निकालेर नेपालको संविधान तथा प्रचलित कानुनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने काम भए कानुनअुनरुप कारबाही गर्न बाध्य भएको उल्लेख गरेका छन् । 'शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जवरजस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ' बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिनेगरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस्तो छ गृहको विज्ञप्ति :

प्रतिनिधिसभाको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छः राष्ट्रपति पौडेल

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री ओली

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

प्रतिक्रिया