ग्रानाडालाई हराउँदै बार्सिलोना सेमीफाइनलमा

काठमाडौँ : स्पेनिस कोपा डेल रे कप फुटबलमा बार्सिलोना विजयी भएको छ । बुधबार राती भएको क्वाटरफाइनलमा बार्सिलोनाले ग्रानाडामाथि ५–३ गोलको प्रभावशाली जित निकालेको हो ।
बार्सिलोनालाई जिताउन एन्टोइनी ग्रिजमेन र जोर्डी अल्बाले दुई दुई गोल गरे । फ्रान्क डिजोङले एक गोल गरे । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा बार्सिलोनाले तीन गोल गरेको हो । ग्रानाडाका लागि केनेडी, रोबर्टो र भिकोले गोल गरेपनि टिमको हार टार्न सकेनन् । जितसँगै बार्सिलोना सेमीफाइनल प्रवेश गरेको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया