गण्डकी प्रदेशमा हड्तालको आंशिक प्रभाव

पोखरा : गण्डकी प्रदेशमा नेकपा दाहाल-नेपाल समूहले घोषणा गरेको आम हड्तालको आशिंक प्रभाव परेको छ । गण्डकी प्रदेशका केही जिल्लामा गाडीहरु चलेका छन् । विद्यालय बन्द छन् । आजलाई तय भएका परीक्षा सारिएको छ । प्रहरीका अनुसार अहिलेसम्म गण्डकीमा अप्रिय घटना घटेका छैनन् ।
गण्डकीको राजधानी पोखरामा भने बिहानैदेखि बन्दकर्ताहरु सडकमा छन् । उनीहरुले बाटो बन्द गर्ने प्रयास गरेका छन् । पोखराको महेन्द्रपुलमा प्रहरी र बन्दकर्ताबीच सामान्य विवाद भएको थियो ।
बन्दकर्ताले गुडिरहेको कारलाई लाठी हानेपछि प्रहरी र बन्दकर्ताबीच विवाद भएको थियो । अहिलेसम्म कास्कीमा बन्दकर्ता एक जना पनि पक्राउ परेका छैनन् । बन्दकर्ताले एम्बुलेन्स, बिरामी बोकेका ट्याक्सी, दूध तथा अत्यावश्यक मालबाहक गाडी भने चल्न दिएका छन् ।

मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

७ सय फरार प्रतिवादी पक्राउको सूचीमा

तनहुँमा सम्झौता म्याद अगावै कालोपत्र सकियो

खोल्साको टिम्मुरबाट आम्दानी

‘एक घर, एक धारा’ बनेपछि स्थानीय हर्षित

नयाँ पुस्ताले चासो नदिँदा भेडापालन सङ्कटमा

ऐनापहरामा ‘स्काइवाक’ निर्माण गरिने

प्रतिक्रिया