वीरगंजमा बन्दको आशिंक प्रभाव

वीरगंज : नेकपा दाहाल–नेपाल समूहले आह्वान गरेको आम हड्तालको प्रभाव वीरगंजमा पनि आंशिक रूपमा परेको छ । बन्द गराउदै हिँडेका समूहका करिब १८ नेता कार्यकर्ताहरूलाइ प्रहरीले पक्राउ गरेको छ । पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुवँरकाअनुसार वीरगन्जको चोक–चोकमा बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यस्तै आमहड्तालका कारण वीरगन्जमा आज लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन् । तर इ-रिक्सा, मोटरसाइकल, र नीजी कारहरू भने चलिरहेका छन् । पसलहरू पनि आंशिक रूपमा बन्द छन् । महानगरको भित्री टोल र गल्लीका पसलहरु भने खुलेका छन् ।
यता कार्यकर्ता पक्राउको विरोधमा नेकपाका दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । ग्रामीण भेगको जनजीवन भने सामान्य छ । पर्साको ग्रामीण भेगमा आज यातायात, शिक्षण संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरू नियमित रूपमा सन्चालनमै छन् ।
बाराको कलैयामा पनि आमहडतालको आशिंक प्रभाव परेको छ । बजारमा समूहका नेता कार्यकर्ताहरूले बिहानैदेखि सडकमा निस्किएर बजार बन्द गर्न आग्रह गर्दै हिडेका छन् । बारामा पनि शैक्षिक संस्था बन्द रहेका छन् । प्रर्दशन गर्दै गरेको अवस्थामा समूहका करिब ६ जना कार्यकर्ता बाराको कलैयाबाट पनि पक्राउ परेका छन् ।
अन्य दिनको तुलनामा आज सुनसान नै देखिएको छ । यस्तै रौतहटमा पनि बन्दको प्रभाव परेको छ । रौतहटमा पनि शैक्षिक संस्था ,बजार व्यवसाय , यातायत ठप्प रहेका छन् ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया