सुर्खेतमा दाहाल-नेपाल र ओली समूहका कार्यकर्ता सडकमा
बन्दको अवज्ञा गरेको भन्दै युवा कुटिए

सुर्खेत : नेकपाको दाहाल-नेपाल समूहले बुधबार आह्वान गरेको नेपाल बन्दमा सुर्खेतस्थित विद्यार्थी संगठनका युवाहरु उग्र बनेका छन् । दाहाल-नेपाल समूहका कार्यकर्ताहरु बन्द गराउनुपर्छ भन्दै सडकमा निस्किएका छन् भने ओली समूहका कार्यकर्ताहरु बन्दको प्रतिकारमा उत्रिएका छन् । ओली समूहका विद्यार्थीहरुले बन्द गराउन पाइदैन भन्दै प्रदर्शनसमेत गरेका छन् ।
बन्दको अवज्ञा गरेर हिडेको भन्दै मोटरसाइकलमा सवार एक युवालाई कुटपिट गरेका छन् । आन्दोलनमा सहभागीले आज बिहान १० बजे मोटरसाइकल चलाइरहेका दैलेख भैरवी गाउँपालिकाका जोरासिंह विष्टलाई कुटपिट गरेका छन् ।
प्रदर्शनसहित बुलबुले गेटनजिकै पुगेका युवाले पूर्वतिरबाट मोटरसाइकल चलाएर आएका युवालाई मोटरसाइकलबाट झारेर कुटपिट गरेका हुन् । कुटपिटबाट सामान्य घाइते भएका उनलाई प्रहरीले उद्धार गरेको छ । सुर्खेतमा लामो दुरीका सवारीसाधनहरु नचलेपनि छिटपुट रूपमा अटोरिक्सा र मोटरसाइकल चलिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जुम्लामा मार्सीधान रोपाइँ सुरु

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

प्रतिक्रिया