पाँचखाल मेयर कपको उपाधि समाजकल्याणलाई

काभ्रे : ‘खुल्ला पाँचखाल प्रथम मेयर कप’को उपाधि समाजकल्याण युवा क्लबले हात पारेको छ । बुधबार पाँचखाल युनाइटेड फुटबल एसाेसिएसन(पुफा)को मैदानमा सम्पन्न फाइनल खेलमा समाजकल्याणले लास्सोखोक धनलक्ष्मी युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
मेयर कपको उपाधि जितेको समाजकल्याणले नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ भने उप–विजेता लास्सोखोकले ५० हजार हात पारेको छ । विजयी टिम तथा खेलाडीलाई पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले पुरस्कार वितरण गरे । पुरस्कार वितरणपछि नगरप्रमुख खरेलले खेल जीवन र जीवन नै खेल भएको बताए ।
माघ ३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको खेलमा काठमाण्डौका ३, सिन्धुपाल्चोकका २, सिन्धुली र उदयपुरको १/१ तथा काभ्रेका १७ वटागरी २४ टिमले सहभागिता जनाएको आयोजक पाँचखाल युनाईटेड फुटबल एशोसिएसन(पुफा)का अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए । पुफा र पाँचखाल नगरपालिकाको आयोजना प्रतियोगिता सञ्चालन भएको थियो ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया